काठमाडौं । सरकारले आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरेको छ।
आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री वर्षमान पुनले मूल्य अभिवृद्धि कर खारेजबाट स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका हुन्।
अर्थमन्त्री पुनले भने,‘मूल्य अभिवृद्धि कर छुट दिइएका वस्तु र सेवाको सूची घटाउँदै स्वच्छ कर प्रणाली विकास गर्न र कराधार विस्तार गर्न केही वस्तुमा मूल्य अभिवृद्धि कर छुट दिने व्यवस्था खारेज गरेको छु।’
मूल्य अभिवृद्धि कर छुट दिएका वस्तु र सेवाको सूची घटाउँदै स्वच्छ कर प्रणाली विकास गरिने समेत अर्थमन्त्री पुनले बताए।
Leave a Reply