Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड विनियोजन

    प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड विनियोजन

    अनलाइन नेपाल
  • मंगलबार, १५ जेष्ठ २०८१
  • 456
    SHARES

    काठमाडौं । सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो कुरा बताएका हुन् ।



    महिला शिक्षा तथा रोजगारी, सिप विकास कार्यक्रमका लागि उक्त बजेट खर्च गरिने अर्थमन्त्री पुनले बताए ।



    अर्थमन्त्री पुनले प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा सरकारले कार्यक्रम सञ्चालन गर्ने बताए।

    यसैगरी युवा, महिलाका आवश्यकता चुनौतीका विषयमा राष्ट्रिय स्तरका छलफल अन्तरक्रिया गर्न आगामी वर्ष युवा महिला राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।

    आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षका रूपमा मनाउनेसमेत सरकारको घोषणा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार