Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • सिक्टा सिंचाइका लागि १ अर्ब ६० करोड विनियोजन

    सिक्टा सिंचाइका लागि १ अर्ब ६० करोड विनियोजन

    अनलाइन नेपाल
  • मंगलबार, १५ जेष्ठ २०८१
  • 411
    SHARES

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १५ हजार ५७१ हेक्टर क्षेत्रफलमा सिँचाइ विस्तार गरिने घोषणा गरेको छ ।

    आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो कुरा बताएका हुन् । अर्थमन्त्री पुनले रानीजमराकुलरीया सिंचाइ अन्तर्गत १४ हजार ९ सय हेक्टर क्षेत्रमा प्रथम चरणमा सिंचाइ आयोजना सुरु गरिने घोषणा गरे ।



    यस्तै सिक्टाको क्षेत्र विस्तार गर्न डुडुवा र नरैनापुर शाखा नहरको निर्माण गरिने सरकारले जनाएको छ ।  सिक्टा सिंचाइका लागि १ अर्ब ६० करोड विनियोजन गरेको अर्थमन्त्री पुनले घोषणा गरे ।



    बजेटमा बबई सिंचाइ अयोजना पूर्वी तथा पश्चिममा मुल नहरबाट शाखा विस्तार गरेर थप १ हजार हेक्टरमा सिँचाई गर्न यसको लागि १ अर्ब ७९ करोड बजेट विनियोजन भएको छ ।

    यस्तै भेरी बबई डाइभर्सन बहुउेश्यीय आयोजनाको हेडवर्कस र विद्युत गृहका लागि २ अर्ब विनियोजन गरिएको अर्थमन्त्री पुनले बताए ।

    महाकाली सिंचाइको तेस्रो चरणको मूल नहर र शाखा नहरको काम अगाडि बढाइने अर्थमन्त्री पुनले घोषणा गरे ।

    ब्रम्हदेव क्षेत्र शाखाको १ हजार ५ हेक्टर क्षेत्रमा जमिनमा सिंचाइ सेवा थपको लागि २ अर्ब रुपैयाँ घोषणा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार