Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सहकारी सञ्चालकको सम्पत्ति धितोमा राखेर बचतकर्ताको रकम फिर्ता गर्ने सरकारको घोषणा

    सहकारी सञ्चालकको सम्पत्ति धितोमा राखेर बचतकर्ताको रकम फिर्ता गर्ने सरकारको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, १५ जेष्ठ २०८१
  • 549
    SHARES

    काठमाडौं । सरकारले सहकारी संस्थाको बचतकर्ताको ५ लाखसम्मको रकम सञ्चालकहरुको धितो रोक्का राखी फिर्ता गरिने भएको छ ।

    आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।



    अर्थमन्त्री पुनले सहकारी सम्बन्धी कानुन संशोधन गर्ने घोषणा गरे ।



    उनले सहकारीको सिद्धान्त र नीति अनुसार सहकारी सञ्चालन हुने व्यवस्था गर्ने बताए ।

    यस्तै बचत तथा ऋणको कारोबार गर्ने सहकारी नियमन गर्न नियामक स्थापना गर्ने उनले बताए ।

    सरकारी नियमन निकाय गठन गर्ने र मर्जरलाई प्रोत्साहन गरिने सरकारको योजना रहेको अर्थमन्त्री पुनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार