Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • यी हुन् बजेटमा सरकारका ५ प्राथमिकता

    यी हुन् बजेटमा सरकारका ५ प्राथमिकता

    अनलाइन नेपाल
  • मंगलबार, १५ जेष्ठ २०८१
  • 633
    SHARES

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेटका ५ उद्देश्य रहेको जनाएका छन् ।

    अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ल्याइने बजेटमा पाँच उदेश्य र प्राथमिकता रहेको बताएका हुन् ।



    बजेटका ५ उद्देश्यमा उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नु, निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु र आर्थिक क्रियाकलापमा तीव्रता ल्याउनु, मानव संशाधनको विकास गर्नु र स्रोत साधन, सन्तुलित समन्वयकारी ढंगले परिचालन गरिबी न्यूनीकरण गर्नु र सार्वजनिक सेवालाई प्रभावकारी बनाउनुु समावेश गरेका छन्।



    त्यस्तै बजेटका ५ प्राथमिकतामा आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन, कृषि ऊर्जा र सूचना प्रविधि पर्यटन औद्योगिक विकास र पूर्वाधार निर्माण, शिक्षा स्वास्थ्य र सामाजिक क्षेत्रको विकास, समावेशिता र सामाजिक सुरक्षा र सुशासन प्रवर्द्धन र सार्वजनिक सेवा प्रवाहमा सुधारको रूपमा समेटिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार