Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कास्कीका एसपी मोहन थापालाई उत्कृष्ट शान्ति सुरक्षा प्रोत्साहन पुरस्कार

    कास्कीका एसपी मोहन थापालाई उत्कृष्ट शान्ति सुरक्षा प्रोत्साहन पुरस्कार

    अनलाइन नेपाल
  • मंगलबार, १५ जेष्ठ २०८१
  • 831
    SHARES

    कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापालाई उत्कृष्ट शान्ति सुरक्षा प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।

    गण्डकी प्रदेश सरकारले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै एसपी थापालाई पुरस्कृत गरेको हो।



    प्रदेश प्रमुख डिल्लीराज भट्टले एसपी थापालाई मंगलबार नगद २५ हजार रुपैयाँसहित पुरस्कृत गरे।



    शान्ति सुरक्षा तथा विपत् उद्धारको क्षेत्रमा उल्लेखनीय भूमिका खेलेको भन्दै प्रदेश सरकारले ‘शान्ति सुरक्षा तथा विपत् उद्धार प्रोत्साहन पुरस्कार’ प्रदान गरेको हो।

    उत्कृष्ट काम गर्ने सुरक्षाकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले सो पुरस्कार प्रदान गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

    शान्ति सुरक्षा र विपद् उद्धारको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकाले उनलाई शान्ति सुरक्षा तथा विपद् उद्धार प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार