Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    अनलाइन नेपाल
  • मंगलबार, १५ जेष्ठ २०८१
  • 2.6K
    SHARES

    काठमाडौं । प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याउने तयारी भएको छ।

    प्रहरी हिरासतमै रहेका बेला स्वास्थ्य बिग्रिएपछि काव्या अस्पतालमा भर्ना भएका सिरोहियालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको हो ।



    काव्या अस्पतालले थप उपचारका लागि रिफर गरेपछि दिउँसो तीन बजे हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषा स्रोतले बतायो ।



    सोमबार तेस्रो पटक तीन दिनको म्याद थप गर्दा धनुषा जिल्ला अदालतले सिरोहियाको स्वास्थ्य अवस्थाको प्रतिकूलताको कारण उनले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका चिकित्सकबाट परीक्षण गर्न उपयुक्त हुने आदेश दिएको थियो।

    सिरोहियालाई अदालतको अनुमतिपछि प्रहरीले जेष्ठ ८ मंगलबार काठमाडौंस्थित ग्रुपको केन्द्रीय कार्यालयबाटै पक्राउ गरी जनकपुरधाम ल्याएको थियो ।

    धनुषा जिल्ला अदालतले उनलाई पहिलो, दोस्रो र तेस्रो पटक ३/३ दिनको म्याद थपेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार