काठमाडौं । गृहमन्त्री रवि लामिछानेले महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई चार दिन बिदा दिने घोषणा गरेका छन् ।
सामाजिक सन्जालमामा गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै गृहमन्त्री लामिछानेले उक्त घोषणा गरेका हुन् ।
गृहमन्त्री लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’
गृहमन्त्री लामिछानेले महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरुले ड्युटी गर्न नपर्ने व्यवस्था मिलाइएको बताए ।
त्यसको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउनुपर्ने गृहमन्त्री लामिछानेले बताए ।
Leave a Reply