Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • दूरसञ्चार घोटालामा संलग्न ४९ हजार जना म्यान्मारद्वारा चीनलाई हस्तान्तरण

    दूरसञ्चार घोटालामा संलग्न ४९ हजार जना म्यान्मारद्वारा चीनलाई हस्तान्तरण

    अनलाइन नेपाल
  • सोमबार, १४ जेष्ठ २०८१
  • 501
    SHARES

    फाइल फोटो

    एजेन्सी । म्यान्मारले दूरसञ्चार र इन्टरनेट घोटालाका ४९ हजार भन्दा बढी आपराधिक संदिग्धहरूलाई चिनियाँ हिरासतमा हस्तान्तरण गरेको छ ।

    सन् २०२३ जुलाई देखि हालसम्म म्यान्मारले ४९ हजार भन्दा बढीलाई चिनियाँ हिरासतमा हस्तान्तरण गरेको हो ।



    घोटालमा आवद्ध कुख्यात आपराधिक समूह तथा धेरै प्रमुख आपराधिक संदिग्धहरूलाई पक्राउ गरी हस्तान्तरण गरिएको म्यान्मारको सुरक्षा मन्त्रालयले जनाएको छ ।



    सन् २०२३ को सुरुदेखि उत्तरी म्यानमामा चिनियाँ नागरिकहरू संलग्न दूरसञ्चार र इन्टरनेट घोटालाका घटनाहरूको सङ्ख्या उच्च रहेको थियो ।

    परिणामस्वरूप अवैध सीमा पार र हिरासतजस्ता आपराधिक कार्यहरू भएका थिए । एमपीएसले यस्तो परिस्थितिलाई प्राथमिकता दिई अपराधविरुद्ध उच्च दबाबसहितको कारबाहीको गरेको थियो ।

    पछिल्लो पाँच वर्षमा सार्वजनिक सुरक्षा निकायहरूले देशभर १० लाख ९४ हजारभन्दा बढी दूरसञ्चार र इन्टरनेट घोटालाका मुद्दाहरू सुल्झाएका छन् ।

    यस्ता घोटालाका नयाँ घटनाहरूको मासिक सङ्ख्या लगातार आठ महिनादेखि घट्दै गएको छ । यसले अपराधमा भएको वृद्धिलाई प्रभावकारी रूपमा कम गरिएको सङ्केत गर्दछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार