Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप भन्छन् - विश्वकप खेल्ने मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएको छ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले टी-२० विश्वकप खेल्ने देशको सपना पूरा भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका लामिछानेले यस्तो बताएका हुन् ।

लामिछानेले लेखेका छन्, ‘इमान्दारितापूर्वक भन्छन्, मेरो सपना पूरा नभए पनि के कुरामा खुशी छु भने देशको सपना पूरा भएको छ ।’

नेपालले टी २० विश्वकप खेल्ने तयारी गरिरहँदा लामिछाने भने भिसाको समस्याले गर्दा अमेरिका जान पाएका छैनन् ।

अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरको थियो ।

बलात्कारको मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै क्यानले सन्दीपको निलम्बन फुकुवा गर्दै उनलाई विश्वकप खेल्ने राष्ट्रिय टोलीमा समावेश गराएको थियो ।

तर, अमेरिकाले लामिछानेको भिसा स्वीकृत गरेको छैन् ।

नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल वेस्ट इन्डिजमा खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077