काठमाडौं । न्युरोडको सडकलाई साँघुरो पार्ने काठमाडौं महानगरपालिकाको योजनाको स्थानीयले विरोध गरेका छन् ।
महानगरपालिकाको योजनाको विरोधमा स्थानीयले मानव साङ्लो बनाएर साङ्केतिक प्रदर्शन गरेका हुन् ।
महानगरपालिकाले ९ माघ २०८० देखि व्यापारिक क्षेत्र न्युरोडका सडक दायाँबायाँ पार्किङ हटाएको थियो ।
पार्किङ हटाएपछि महानगरले पैदल यात्रुलाई सहज बनाउन फुटपाथको चौडाइ बढाउन निर्माण कार्य सुरु गरिसकेको छ ।
स्थानीयले ‘नयाँ सडक बचाऔं’, ‘न्युरोड साँघुरो गर्न पाइँदैन’ जस्ता नारा लेखिएका तुल बोकेर न्युरोड गेटदेखि विरोध प्रदर्शन गरेका छन् ।
Leave a Reply