Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • कांग्रेस सहमहामन्त्री परियार भन्छन् – सहकारी ठगीमा सत्तापक्षले दोहोरो चरित्र देखायो

    कांग्रेस सहमहामन्त्री परियार भन्छन् – सहकारी ठगीमा सत्तापक्षले दोहोरो चरित्र देखायो

    अनलाइन नेपाल
  • सोमबार, १४ जेष्ठ २०८१
  • 471
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनमा सत्ता पक्षले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष दल र कार्यदलको बैठकपछि बोल्दै सहमहामन्त्री परियारले यस्तो आरोप लगाएका हुन् । सहमहामन्त्री परियारले समिति गठनमा सत्ता पक्षले दोहोरो चरित्र देखाउँदा कार्यादेशमा टुंगो लाग्न नसकेको बताए।



    सहमहामन्त्री परियारले भने, ‘हामीले लगेको प्रस्ताव कहिले ठिक छ भन्ने कहिले ठिक छैन भन्ने। सत्तापक्ष समस्या समाधान गर्नुभन्दा समस्या अल्झाइरहने देखिन्छ । यसमा नेपाली कांग्रेस संशकित छ।’



    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता पक्ष र प्रतिपक्षीसँग छुट्टाछुट्टै छलफल गरेको बताउँदै सहमहामन्त्री परियारले कार्यादेशमा टुंगो लगाउन प्रधानमन्त्री सकारात्मक रहेको बताए।

    उनले सहकारी पीडितहरूको न्यायका लागि कांग्रेसले लडिरहने बताए। सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले संसदमा अवरोध गरिरहेको छ।

    कांग्रेसले लामिछानेको नाम किटान गरेर छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ। तर,सत्ता पक्ष भने व्यक्तिगत नाम किटेर समिति बनाउन नहुने अडानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार