Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निजी स्कुल बस जलाएको आरोपमा सामुदायिक विद्यालयका अध्यक्ष पक्राउ

चितवन । चितवन प्रहरीले स्कुलको बसमा आगो लगाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको भरतपुरस्थित कल्याणपुरमा रहेको स्मल हेभन स्कुलको बसमा आगो लगाएको आरोपमा विश्वनाथ थारु महेश पक्राउ परेका हुन् । उनी भरतपुर-२५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय शोसीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुन् ।

उनलाई जेठ ११ गते विद्यालयबाट नै पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी अपराधिक क्रियाकलापमा निरन्तर सक्रिय भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि प्रहरीले खोजतलास गरिरहेको छ ।

गत वैशाख ३० गते बिहान विद्यार्थी लिन जाँदै गरेको बागमती प्रदेश ०६-००१ क ००४५ नम्बरको बसलाई भरतपुर-२० दद्रहनी पुलमा रोकी थारुको समूहले पेट्रोल बम प्रहार गरेर आगजनी गरेको प्रहरीको दाबी छ ।

३ वटा मोटरसाइकलमा आएका ६ जनाको समूहले विद्यालयको बसमा आगो लगाउँदा बस पूर्णरुपमा जलेको थियो । पक्राउ परेका थारुलाई जिल्ला अदालत चितवनबाट ७ दिनको म्याद थप लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077