Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • तेस्रो पटक म्याद थपका लागि सिरोहियालाई आज अदालतमा पेश गरिँदै

    तेस्रो पटक म्याद थपका लागि सिरोहियालाई आज अदालतमा पेश गरिँदै

    अनलाइन नेपाल
  • सोमबार, १४ जेष्ठ २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गरिने भएको छ । नागरिकता प्रकरणमा पक्राउ परेका उनलाई तेस्रो पटक म्याद थपका लागि धनुषा जिल्ला अदालतमा पेश गर्न लागिएको हो ।

    दोस्रो पटक गत शुक्रबार थप गरिएको तीन दिनको म्याद आज सकिँदैछ । धनुषा प्रहरीका अनुसार १० बजेपछि उनलाई म्याद थपको लागि पेश गर्ने तयारी छ ।



    नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा रास्वपाका मधेश प्रदेश सदस्य इन्द्रजित प्रसाद महतोले दिएको जाहेरीको आधारमा सिरोहिया एक सातादेखि धनुषा प्रहरीको हिरासतमा छन् ।



    स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई गत शुक्रबार जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीको निगरानीमा उनी अहिले सोही अस्पतालमा छन् । सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले गत मं‌गलबार साँझ पक्राउ गरेको थियो ।

    उनलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको थियो । नागरिकता किर्ते प्रकरणमा सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार