Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्व शान्ति सम्मेलनमा सहभागी हुन विश्वभरका नेताहरुलाई युक्रेनी राष्ट्रपतिको आग्रह

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार विश्वभरका नेताहरूलाई जुन १५ देखि सुरु हुने विश्व शान्ति शिखर सम्मेलनमा भाग लिन आग्रह गरेका छन्।

सामाजिक सञ्जाल एक्सको एक पोस्टमा राष्ट्रपति जेलेन्स्कीले स्विट्जरल्यान्डसँग मिलेर युक्रेनले शान्ति शिखर सम्मेलनको तयारी गरिरहेको बताएका हुन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भनेका छन्,'क्षति पु¥याउनु उनीहरूका लागि आनन्दको कुरा हो । रूस जीवन जलाउने, सहर र गाउँहरू नष्ट गर्ने, मानिसहरूलाई विभाजन गर्ने र युद्धको माध्यमबाट राष्ट्रिय सीमाहरू मेटाउने उद्देश्य भएका मनिसले सञ्चालन गर्छ भन्ने आम विश्व समुदायको बुझाई छ । यस्तो कुनै राष्ट्र छैन जसले यस्तो युद्धलाई एक्लै, सहयोगबिना रोक्न सक्छ । हामीलाई विश्व नेताहरूको संलग्नता आवश्यक छ। '

आफूसँग संवाद र वार्ताको सन्दर्भमा रूसले दिएको झूट्ठा अपेक्षाहरूको ठूलो अनुभव रहेको उनले बताए । रूसले धोका दिन नसक्ने नेताहरूको विश्वव्यापी शान्ति शिखर सम्मेलन आवश्यक रहेको जेलेन्स्कीले बताए ।

जुन १५ देखि सुरु हुने यो सम्मेलनमा ८० भन्दा बढी देशहरूले उपस्थितिको लागि आश्वासन दिएको उनले बताए ।

राष्ट्रपति जेलेन्स्कीले विश्वभरका नेताहरूलाई शिखर सम्मेलनमा सामेल हुन आमन्त्रित गर्नुका साथै शान्ति सम्झौता अघि बढाउन आफ्नो नेतृत्व देखाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077