Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • ३ करोड ८५ लाखको लागूऔषधसहित अपुला पक्राउ, ठूलो परिमाणमा कोकिन बरामद

    ३ करोड ८५ लाखको लागूऔषधसहित अपुला पक्राउ, ठूलो परिमाणमा कोकिन बरामद

    अनलाइन नेपाल
  • आइतबार, १३ जेष्ठ २०८१
  • 669
    SHARES

    काठमाडौं। लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले अवैध लागूऔषध कारोबारमा संलग्न अन्तराष्ट्रिय गिरोहकी सदस्यलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा कंगोकी नागरिक अपुला एकुत्शु म्बोंगो रहेकी छन् । दुवईबाट काठमाडौं आएकी म्बोंगोलाई १ केजि १०१ ग्राम लागूऔषध कोकिनसहित ब्यूरोले पक्राउ गरेको हो ।



    म्बोंगोलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट पिछा गरी काठमाडौं महानगरपालिका १७ ठमेल स्थित एक होटेलबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।



    उनलेको गतिबिधी शंकास्पद लागि खानतलासी गर्दा निजको ह्‍याण्ड ब्याग भित्र प्लाष्‍टिकको झोलामा लुकाई छिपाई राखिएका ८५ वटा प्लाष्‍टिकले र्‍यापिङ गरिएका क्याप्सुलहरु फेला परेको थियो ।

    प्रारम्भिक अनुसन्धानको क्रममा बरामद गरिएका क्याप्सुलहरु म्बोंगोले पेट भित्र निलेर ल्याएको खुलेको ब्यूरोका एसपी रामेश्वर कार्कीले बताए । ।

    म्बोंगोविरुद्ध लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्मानित काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरि लागूऔषध मुद्दामा अनुसन्धान भईरहेको छ ।

    म्बोंगोको साथबाट बरामद भएको लागूऔषधको अवैध बजार मूल्य अन्दाजी ३ करोड ८५लाख रहेको ब्यूरोले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार