Online Nepal
  • आइतबार, २० असोज २०८१
  • बजेट वक्तव्य पढ्नुअघि छानबिन समितिमा सहमति जुट्छ : प्रधानमन्त्री प्रचण्ड

    बजेट वक्तव्य पढ्नुअघि छानबिन समितिमा सहमति जुट्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, १३ जेष्ठ २०८१
  • 477
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट वक्तव्य पढ्नुअघि संसदीय छानबिन समितिमा सहमति जुट्ने विश्वास व्यक्त गरेका छन्।

    प्रतिनिधिसभा बैठकमा सरकारका नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    संसदीय छानबिन समितिमा सबैको सहमति भएपनि कार्यादेश (टीओआर)मा नेपाली कांग्रेसलाई लचक बन्न प्रधानमन्त्री प्रचण्डले आग्रह गरे ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘मैले केही दिनदेखि लगातार सहमतिको प्रयास गरिरहेको छु, गतिरोध अन्त्यका लागि प्रयास भइरहेको छ । सहमतिको धेरै नजिक पुगेको थाहा छ। आज वा भोलि बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति जुटने विश्वास व्यक्त गर्छु ।’

    उनले संसदीय छानबिन समितिको टीओआर बनाउन सबैले लचकता प्रदर्शन गर्नुपर्ने धारणा राखे।

    प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको हैसियतले सहमति होस् भनेर आफू लागि परेको प्रष्ट पारे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार