काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँ तोकेको हो।
शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । यसअघि जेठ ७ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ ।
अघिल्लो दिन तोलामा १८५५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।
यसअघि जेठ ७ गते चाँदीको भाउ अहिलेसम्मकै उच्च १९४० रुपैयाँ पुगेको थियो ।
Leave a Reply