Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ३ लाख ३० हजार ठगी, पन्चु पक्राउ

मोरङ । नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा कटहरी गाउँपालिका(३ बस्ने ४५ वर्षीय पन्चु पासवानलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पासवानले कटहरी गाउँपालिका-५ का १ जना व्यक्तिलाई प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ३ लाख ३० हजार रूपैयाँ नगद लिई ठगी गरेका थिए ।

उनीमाथि ठगीसम्बन्धी कसूरमा जिल्ला अदालत मोरङबाट पाँच दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077