Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • पेस्तोलसहित सप्तरीबाट दुई जना पक्राउ

    पेस्तोलसहित सप्तरीबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १२ जेष्ठ २०८१
  • 795
    SHARES

    सप्तरी। पेस्तोलसहित प्रहरीले सप्तरीबाट दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सप्तरीकै सुरुंगा नगरपालिका–६, श्रीपुरका ४५ वर्षीय विशेश्वरप्रसाद साह र काठमाडौंको टोखा नगरपालिका–८ का ४२ वर्षीय बमबहादुर तामाङ छन् ।



    उनीहरूका साथबाट पेस्तोल, त्यसमा लाग्ने गोली दुई राउन्ड र म्यागजिन दुईथान बरामद गरिएको छ ।



    सप्तरीको खडक नगरपालिका–८, भदियाबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    उनीहरू स६प ५९०८ नम्बरको मोटरसाइकलमा सवार थिए । प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियार फेला पारी पक्राउ गरिएको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार