रुपन्देही । रुपन्देहीको तिनाउ खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका–६ हरियाली पार्कस्थित तिनाउ खोलामा डुबेर तिलोत्तमा–५ नयाँमिल बस्ने १७ वर्षीय दिब्याम्स भुषालको मृत्यु भएको हो ।
नुहाउन दुई जना साथीसँग भुषाल बिहान साढे ८ बजेतिर तिनाउ खोलामा गएका थिए । नुहाउने क्रममा दिब्याम्स खोलामा डुबेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
मंगलापुरस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले दिब्याम्सलाई खोलामा मृत अवस्थामा फेला पारेको थियो ।
Leave a Reply