Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • एसएसपी बढुवामा सुरु भयो टक्कर , चार पदमा दुई दर्जन एसपीबीच प्रतिस्पर्धा

    एसएसपी बढुवामा सुरु भयो टक्कर , चार पदमा दुई दर्जन एसपीबीच प्रतिस्पर्धा

    अनलाइन नेपाल
  • शनिबार, १२ जेष्ठ २०८१
  • 6.6K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा डिआइजीपछि एसएसपी बढुवाको गृहकार्य अघि बढेको छ । एसएसपीका चार पद रिक्त छन् । चार पदमा दुई दर्जन एसपीबीच प्रतिस्पर्धा छ ।
    गृह मन्त्रालयले सिनियर ब्याचलाई छाडेर जुनियर ब्याचका अधिकृतलाई अघि बढाउने तयारी गरेको छ ।

    सिनियर ब्याचका अधिकांश कारबाही भोगेका अधिकृतहरु भएकाले जुनियर ब्याचबाट बढुवा गर्न लागिएको हो ।



    सिनियर ब्याचबाट विमल बस्नेत, हिराबहादुर पाण्डे,नान्तीराज गुरुङ र श्यामकृष्ण अधिकारी  अगाडि छन् । विमल बस्नेत घुस काण्डमा निलम्बनमा परेका अधिकारी हुन भने श्यामकृष्ण अधिकारी गुप्तचरबाट आएका र कार्यक्षमतामा एकदमै कमजोर प्रहरी हुन।



    यि मध्ये केही मात्र पर्ने संभावना छ। उनीहरुपछि रबिन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाई, बिनोद सिलवाल र भिम दाहाल छन् । उनीहरुमध्ये केहीले भदौमै अवकाश पाउने भएकाले बढुवा गर्नुपर्ने बाध्यता पनि छ ।

    नयाँ ब्याचका रमेश थापा, कमल थापा, नवराज अधिकारी , जर्नादन जिसी, कृष्णप्रसाद कोइराला, अजय केसी, कृष्ण पंगेनी, वीरबहादुर बुढा,सन्तोष खड्का तथा अनुपमशमशेर जबरा बढुवाको लाइनमा छन्। तर ,थोरै मात्र सिट भएकाले उनीहरुमध्येबाट पनि क-कसलाई छान्ने भन्नेमा चर्को प्रतिस्पर्धा देखिएको छ ।

    । एसपी रमेश थापा ब्याचमा पहिलो नम्बरमा छन् ।  कार्यक्षमता र शक्तिकेन्द्रसँगको निकटताका कारण उनी बढुवामा छुट्ने अवस्था छैन ।

    उनी अन्नपूर्ण पोस्टका मालिक रामेश्वर थापाका भाई पनि हुन।  कमल थापा एमाले अध्यक्ष केपी ओलीका निकट मानिन्छन् ।

    तर, कार्यक्षमतामा औसत मानिएका अधिकृत हुन् । उनी कंचनपुरमा असफल भएर तानिएका अधिकारी हुन। हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहेकाले त्यहाँबाट पनि पावर लगाएका छन् ।

    अजय केसी गृह मन्त्रालयमै कार्यरत रहेकाले उनी पनि दाबेदार हुन् । केसी कार्यक्षमतामा एकदमै कमजोर मानिन्छन्।

    वीरबहादुर बुढा माओेवादी नेता वर्षमान पुनको आफन्त भएकाले उनी पनि बलिया दाबेदार देखिएका छन् । अनुपमशमशेर प्रहरी महानिरीक्षक बसन्त कुँवरको निकट मानिन्छन् ।

    नवराज अधिकारी , कृष्ण कोइराला, कृष्ण पंगेनी, रञ्जु सिग्देल, श्याम महतो लगायत राम्रो छवि बनाएका प्रहरी अधिकृत हुन् । त्यसकारण चार सिटमा बढुवा गर्न गृह नेतृत्वलाई निकै कठिन हुने देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार