Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • बसको ठक्करबाट एक जनाको मृत्यु

    बसको ठक्करबाट एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १२ जेष्ठ २०८१
  • 651
    SHARES

    फाइल तस्विर

    मकवानपुर । मकवानपुरको हेटौंडास्थित पूर्वपश्चिम सडकखण्डमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

    सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको ना७ख १६७५ नंको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृतक पुरुषको हाल नामथर वतन खुलेको र मृतक पुरुषको शव हेटौंडा अस्पतालमा राखिएको छ ।



    उक्त घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार