काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वतन्त्र प्रेस बिनाको स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न नसकिने बताएका छन् ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा अदालती रिपोर्टिङ र सञ्चारमाध्यम विषयक कार्यशालालाई सम्बोधन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले न्यापालिका र सञ्चार जगत लोकतन्त्रका महत्वपूर्ण आधारस्तम्भहरु भएको बताए । उनले न्यायपालिका र सञ्चारजगतको अभावमा लोकतन्त्र बलियो हुन नसक्ने जिकिर गरे ।
उनले स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रताको सुनिश्चितताविना कानुनको शासन समृद्ध बन्न नसक्ने बताए ।
प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिका र सञ्चारक्षेत्रको भूमिका र जिम्मेवारी फरक भए पनि लक्ष्य, उद्देश्य एउटै रहेको बताए ।
प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाको आवाज भनेकै सञ्चारमाध्यम भएको बताए ।
उनले सञ्चारमाध्यमबाटै न्यायपालिकाको काम कारबाही र फैसलाको यथार्थ अवस्था आम नागरिकसमक्ष पुग्ने बताए ।
Leave a Reply