Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • इरानी रक्षामन्त्रीसहित नौ वटा संस्थामाथि ईयूको प्रतिबन्ध

    इरानी रक्षामन्त्रीसहित नौ वटा संस्थामाथि ईयूको प्रतिबन्ध

    अनलाइन नेपाल
  • शनिबार, १२ जेष्ठ २०८१
  • 546
    SHARES

    एजेन्सी । । युरोपियन युनियन ईयूमा आबद्ध देशका सरकारहरूले रुसलाई ड्रोन आपूर्ति गरेकोमा इरानका रक्षामन्त्री मोहम्मद रेजा अष्टियानीलगायत नौवटा संस्थामाथि प्रतिबन्ध लगाएका छन् ।

    रुसले युक्रेनविरुद्धको युद्धमा इरानबाट प्राप्त ड्रोन प्रयोग गरिरहेको छ ।



    युरोपेली संघमा आबद्ध देशका राजदूतहरूबिचको ‘कोरिपर’ सम्झौतालाई आउँदो सोमबार ईयूका विदेशमन्त्रीहरूको बैठकले अनुमोदन गरेपछि सार्वजनिक गरिने जनाइएको छ ।



    इरानका मानवरहित हवाई सवारी (युएभी) उत्पादन गर्ने नौवटा संस्थाहरूलाई प्रतिबन्ध गलाउने विषयमा सम्झौतामा समावेश गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    योसँगै इरानका रक्षामन्त्री मोहम्मद रेजा अष्टियानीलाई पनि प्रतिबन्धको सूचीमा राखिएको छ ।

    उनको यात्रामा प्रतिबन्ध, व्यक्ति र संस्थाको सम्पत्ति जफत गर्ने र सूचीबद्ध व्यक्ति तथा संस्थाहरूलाई आर्थिक स्रोत उपलब्ध गराउनेहरूलाई पनि प्रतिबन्धमा समावेश गर्ने जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार