Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • रुसले भन्यो – भारतले अर्को पुस्ताको आणविक इन्धन पाउने छ

    रुसले भन्यो – भारतले अर्को पुस्ताको आणविक इन्धन पाउने छ

    अनलाइन नेपाल
  • शनिबार, १२ जेष्ठ २०८१
  • 756
    SHARES

    एजेन्सी । रुसी राज्य आणविक निगम–रोसाटोमका प्रमुख एलेक्सी लिखाचेभले भारतले यो गर्मीमा अर्को पुस्ताको आणविक इन्धन प्राप्त गर्ने बताएका छन्।

    रुसी टुडे (आरटी) का अनुसार उनले भारतलाई आणविक क्षेत्रमा प्रमुख साझेदार रहेको बताएका छन्।



    आणविक ऊर्जा आयोगका अध्यक्ष अजीतकुमार मोहन्तीलाई बिहीबार रुसको साइबेरियाको टम्स्क क्षेत्रमा रुसी आणवकि प्रमुख लिखाचेभले स्वागत गरे। 



    आरटी–इन्डियाको रिपोर्टअनुसार रुसी आणविक प्रमुखले मोहन्तीलाई इतिहासमा सबैभन्दा सुरक्षित आणविक भट्टीको आयोजना गर्ने चौथो पुस्ताको साइट देखाए।

    यसका साथै रोसाटोमका प्रमुख लिखाचेभले भारतलाई आणविक क्षेत्रमा प्रमुख साझेदार भन्दै दुवै मुलुकबीचको सहकार्यको प्रशंसा गरे ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार