Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • राजस्थानलाई हराउँदै हैदराबाद फाइनलमा, कोलकातासँग उपाधि भिडन्त पक्का !

    राजस्थानलाई हराउँदै हैदराबाद फाइनलमा, कोलकातासँग उपाधि भिडन्त पक्का !

    अनलाइन नेपाल
  • शनिबार, १२ जेष्ठ २०८१
  • 1K
    SHARES

    काठमाडौं । सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल पुगेको छ ।

    गएराति भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदराबाद फाइनलमा पुगेको हो ।



    हैदराबादले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ३९ रन मात्रै बनायो ।



    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ७५ रन बनाएको थियो ।

    अब हैदराबादले उपाधिका लागि कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । फाइनल खेल भोलि चेन्नईमा हुने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार