Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • कोरानाको नयाँ भेरियन्ट ‘केपी.१ र केपी.२’ कति घातक ?

    कोरानाको नयाँ भेरियन्ट ‘केपी.१ र केपी.२’ कति घातक ?

    अनलाइन नेपाल
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपालमा पुन कोभिड-१९ को नयाँ भेरियन्ट देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकाअनुसार गएको दुई महिनायता देशभर ४२ जनामा कोरोना संक्रमण देखिएको थियो।



    ती ४२ नमूनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनालाई केपी.१, १७ जनामा केपी.२ र एकरएक जनामा केपी.३ र केपी.४ भेरियन्ट देखिएको प्रयोगशालाले जनाएको छ।



    यी सबै ओमिक्रोनको सब-भेरियन्ट हो । यो ओमिक्रोको सवभेरियन्ट ‘केपी.१’, ‘केपी.२’ कति घातक छ भन्ने यकिन हुन बाँकी छ ।

    तर विज्ञका अनुसार प्रारम्भिक अध्ययनबाट कम घातक मानिए पनि जेष्ठ नागरिक र दीर्घरोगीलाई भने अस्पताललै पुर्‍याउन सक्ने बताइएको छ ।

    विश्व स्वास्थ्य संगठनले पनि संक्रमण घातक नभए पनि दीर्घरोगी र बालबालिका सचेत हुनुपर्ने जनाएको छ । ओमिक्रोन अरू भेरियन्टभन्दा कम घातक रहेका कारण जटिलता कम हुने विज्ञहरु बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार