Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप कुनै बाहानामा स्वीकार गर्न सकिँदैन : पूर्वराष्ट्रपति यादव

    स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप कुनै बाहानामा स्वीकार गर्न सकिँदैन : पूर्वराष्ट्रपति यादव

    अनलाइन नेपाल
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • 1K
    SHARES

    फाइल तस्विर

    कास्की । पूर्वराष्ट्रपति रामवरण यादवले प्रेस स्वतन्त्रता लोकतन्त्रको प्राण भएको बताएका छन् ।

    नेपाल पत्रकार महासंघ कास्कीले स्थापना गरेको पत्रकार पुस्तकालय तथा स्रोत केन्द्र शुक्रबार सुरुआत गर्दै उनले यस्तो बताएका हुन् ।



    प्रेस स्वतन्त्रता लोकतन्त्रको प्राण भएको बताउँदै उनले लोकतान्त्रिक शक्तिले कहिल्यै सम्झौता गर्न नहुनेमा जोड दिए । प्रेसको महत्त्वलाई मनन गरी संविधानको प्रस्तावनामै प्रेस स्वतन्त्रा राखिएको उल्लेख गरे ।



    पठन संस्कृतिको विकास गर्दै नयाँ पुस्तालाई अघि बढ्न उनले अनुरोध गरे । अहिले सञ्चार उद्यमीमाथि भएको कारवाहीको अन्तर्राष्ट्रिय रुपमै विरोध भएको उनको भनाई छ ।

    “प्रेस लोकतन्त्रको अक्सिजन हो। मिडियामाथिको हस्तक्षेपको अन्तर्राष्ट्रिय स्तरमै विरोध भएको छ। स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप कुनै बाहानामा स्वीकार गर्न सकिँदैन,” उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार