Online Nepal
  • आइतबार, २० असोज २०८१
  • बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक जारी

    बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक जारी

    अनलाइन नेपाल
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • 507
    SHARES

    काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

    सदनको जारी गतिरोध हटाउन विषयमा छलफल गर्न प्रमुख दलका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।



    प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका महामन्त्री गगन थापा, नेताहरू कृष्ण सिटौला र रमेश लेखक सहभागी छन् ।



    बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सहभागी छैन।

    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत हिनामिनाको छानबिनबारे नयाँ प्रस्ताव अघि सारेपछि प्रमुख दलका शीर्ष नेता छलफलमा जुटेका हुन् ।

    बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसद्को अवरोध लगायत विषयमा छलफल भइरहेको छ ।

    प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठनको माग गर्दै आइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार