Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको बयान आजबाट

    कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको बयान आजबाट

    अनलाइन नेपाल
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • 609
    SHARES

    काठमाडौं । नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको बयान आजबाट सुरु हुँदैछ ।

    धनुषाका प्रहरीका अनुसार सिरोहियासँग सामान्य सोधपुछ भए पनि आधिकारिक बयान भने आजबाट सुरु हुन लागेको हो । सिरोहियालाई शुक्रबारसम्म मात्रै हिरासतमा राख्ने अनुमति प्रहरीसँग छ ।



    बयान नसकिए म्याद थप गर्ने तयारी प्रहरीको छ । सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मं‌गलबार साँझ पक्राउ गरेको थियो ।



    उनलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको थियो । नागरिकता किर्ते प्रकरणमा सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार