Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री लामिछानेको राजिनामा माग्दै तरुण दलले निकाल्यो राँके जुलुस

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै काठमाडौंको कोटेश्वरमा राँके जुलुस प्रदर्शन गरिएको छ ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले गृहमन्त्री लामिछानेको राजीनामा माग्दै बिहीबार कोटेश्वर चोकमा मशाल जुलुससहित प्रदर्शन गरेको हो ।

तरुण दलका नेता कार्यकर्ताहरूले कोटेश्वरको महादेवस्थान गेटबाट मशाल जुलुस निकाल्दै मुख्य सडकमा अवरोध समेत गरेका थिए ।

सहकारी प्रकरण र सरकारको रवैयाका विरुद्ध राँके जुलुस प्रदर्शन गरिएको तरुण दलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077