Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त

    राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, १० जेष्ठ २०८१
  • 444
    SHARES

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् ।

    बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले खनाललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।



    खनाल चार वर्षका लागि बैंकको सीईओमा नियुक्त भएका हुन् । उनी यसअघि डेपुटी सीईओ थिए ।



    यसअघि बेंकले सीईओका लागि आवेदन दिएका मध्येबाट पाँच जनाको नाम ‘सर्टलिस्ट’ मा राखेको थियो ।

    सर्ट लिस्टमा पर्नेहरूमा खनालसहित कृष्णबहादुर अधिकारी, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी थिए ।

    सीईओका लागि २० जनाले आवेदन दिएका थिए ।

    बैंकका तत्कालीन सीईओ किरणकुमार श्रेष्ठले दुई कार्यकाल पूरा गरेर चैत २०८० मा बाहिरिएपछि पद रिक्त भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार