Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी दूतावासले भन्यो - भिसासम्बन्धी अभिलेखहरू गोप्य हुन्, टिप्पणी गर्न सक्दैनौँ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको भिसा अस्वीकृत भएपछि नेपालस्थित अमेरिकी दूतावास बोलेको छ ।

सन्दीपले नै आफ्नो भिसा अस्वीकृत भएकोबारे जानकारी गराएपछि यसबारे नेपालस्थित अमेरिकी दूतावासको तीव्र आलोचना भइरहेको छ ।

यहीबीचमा नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकाले क्रिकेटर लामिछानेको केसबारे टिप्पणी गर्न नसकिने अवस्था रहेको स्पष्ट पारेको छ ।

अमेरिकामा आयोजित टी–२० विश्वकपमा नेपाली टोलीको सहभागिताबारे आफूहरू अत्यन्तै उत्साहित रहेको दूतावासद्वारा बुधवार जारी प्रतिक्रियामा उल्लेख छ ।

सोहीअनुसार प्रस्थानपूर्व उक्त टोलीको सराहना र प्रोत्साहन गर्न दूतावासका केही अधिकारीले केही हप्ताअघि सो टोलीसँग भेट पनि गरेको दूतावासको भनाइ छ ।

उपयुक्त भिसा वर्गका लागि योग्य हुने राष्ट्रिय क्रिकेट टोलीहरूका सदस्य विश्वकपमा प्रतिस्पर्धा गर्न समयमै अमेरिकाको यात्रा गर्न सक्षम होउन् भन्ने सुनिश्चित गर्न काठमाडौँस्थित अमेरिकी दूतावास र विश्वभरका अन्य अमेरिकी कन्सुलर पोस्टहरूले एकजुट भई काम गरेको पनि दूतावासले जनाएको छ ।

टी–२० विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जान लागेका उनलाई दूतावासले भिसा दिन अस्वीकार गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077