Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • अमेरिकी दूतावासले भन्यो – प्रेस स्वतन्त्रता सुनिश्चित हुने आशा राखेका छौं

    अमेरिकी दूतावासले भन्यो – प्रेस स्वतन्त्रता सुनिश्चित हुने आशा राखेका छौं

    अनलाइन नेपाल
  • बुधबार, ९ जेष्ठ २०८१
  • 735
    SHARES

    काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले नेपालमा प्रेस स्वतन्त्रता सुनिश्चित हुने आशा रहेको जनाएको छ ।

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको भोलिपल्ट अमेरिकी दूतावासले फेसबुक पेजमा छोटो नोट जारी गर्दै सो कुरा जनाएको हो ।



    अमेरिकी दूतावासले आफूलाई अझ परिपूर्ण बनाउन मुलुकमा प्रेस स्वतन्त्रा मार्गदर्शक सिद्धान्त हुने औँल्याएको छ ।



    दूतावासले सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा व्यक्त गरेको छ ।

    दूतावासले भनेको छ,’अझ परिपूर्ण मुलुक बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन् । कठिन सङ्घर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ ।’

    नागरिकतासम्बन्धि विवादमा प्रहरीले मंगलबार साँझ कान्तिपुरको कार्यालयबाटै अध्यक्ष सिरोहियालाई पक्राउ गरेको थियो ।

    राजदूतावासले ‘अझ परिपूर्ण मुलुक’ बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जबाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्त रहेको बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार