Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • कैलाश सिरोहियालाई तत्काल रिहाइ गर्न जसपाको माग

    कैलाश सिरोहियालाई तत्काल रिहाइ गर्न जसपाको माग

    अनलाइन नेपाल
  • बुधबार, ९ जेष्ठ २०८१
  • 414
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको भन्दै तत्काल रिहाइ गर्न माग गरेको छ ।

    जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै सिरोहियालाई तत्काल रिहाइ गर्न माग गरेका हुन् ।



    अध्यक्ष यादवले सिरोहियालाई पक्राउ गरिएको विषयमा आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कान्तिपुर मिडियामाथि आक्रमण गर्नु लोकतन्त्र, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको निर्मम प्रहार भएको आफूहरूको ठम्याई रहेको बताएका छन् ।



    विज्ञप्तिमा उनले ‘नीतिगत भ्रष्टाचारविरुद्ध निष्पक्ष समाचार प्रकाशित गरेकै कारण सिरोहियालाई पक्राउ गर्नु अत्यन्तै दुर्भाग्यपूर्ण हो’ भनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार