Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • विदेश पठाइदिने भन्दै ३० लाख ठगी गर्ने तीन जना पक्राउ

    विदेश पठाइदिने भन्दै ३० लाख ठगी गर्ने तीन जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ९ जेष्ठ २०८१
  • 555
    SHARES

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    आकर्षक तलबको लोभनमा पारी रकम ठगी गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेहरूमा कैलाली भजनी गाउँपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने ३६ वर्षीय विशाल हमाल,काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित र सप्तरी कोईलाली गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने ४५ वर्षीय सैलेश कुमार झा रहेका छन् ।



    पक्राउमध्ये विशालले अमेरिका पठाइदिन्छु भन्दै दुईजना पीडितहरूबाट १६ लाख ७० हजार रूपैयाँ,प्रशान्तले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ र सैलेशले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ४० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशाललाई काठमाडौं लाजिम्पाटबाट,प्रशान्तलाई काठमाडौं बागबजारबाट र सैलेशलाई काठमाडौं तिनकुनेबाट पक्राउ गरेको हो ।

    उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार