Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • सिरोहिया पक्राउ पर्नु अदालती प्रक्रिया हो, बढ्ता हो-हल्ला गर्न जरूरी छैन : प्रधानमन्त्री प्रचण्ड

    सिरोहिया पक्राउ पर्नु अदालती प्रक्रिया हो, बढ्ता हो-हल्ला गर्न जरूरी छैन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, ९ जेष्ठ २०८१
  • 606
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरण अदालती प्रक्रिया भएको बताएका छन् ।

    काठमाडौंमा आयोजित एक कार्यक्रमपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले कैलाश सिरोहिया पक्राउ प्रकरणमा धेरै हल्ला गर्न जरूरी नरहेको बताएका हुन्।



    प्रधानमन्त्री प्रचण्डले भने,‘अदालती प्रक्रिया भन्ने बुझेको छु मैले । बढ्ता हो-हल्ला गर्न जरूरी छैन। अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ, सजिलै छुट्नुहुन्छ, यो हल भइहाल्छ।’



    प्रधानमन्त्री प्रचण्डले राज्यले सिरोहियासँग कुनै पनि रिसिइबी नसाँधेको प्रष्टीकरण दिए।

    सिरोहियाले भने सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध समाचार लेखेकै कारणले आफुमाथि प्रतिशोध साँधिएको बताएका थिए ।

    जिल्ला अदालत धनुषाले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि धनुषा प्रहरीको अनुरोधमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले मंगलबार कार्यालयबाटै पक्राउ गरेको थियो।

    सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट लिएको नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग मिलेको भन्दै गत वैशाख १६ गते उनीविरुद्ध धनुषा प्रहरीमा निवेदन परेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार