Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • कैलाश सिरोहिया धनुषा अदालतमा उपस्थित

    कैलाश सिरोहिया धनुषा अदालतमा उपस्थित

    अनलाइन नेपाल
  • बुधबार, ९ जेष्ठ २०८१
  • 579
    SHARES

    धनुषा । धनुषा प्रहरीको नियन्त्रणमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

    मङ्गलबार काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले धनुषा अदालतमा पेश गरेको हो ।



    जिल्ला अदालत धनुषाले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि धनुषा प्रहरीको अनुरोधमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले कार्यालयबाटै पक्राउ गरेको थियो।



    सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट लिएको नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग मिलेको भन्दै गत वैशाख १६ गते उनीविरुद्ध धनुषा प्रहरीमा निवेदन परेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार