Online Nepal
  • आइतबार, २० असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डद्वारा ‘अन्तर्राष्ट्रिय जलवायु संवाद’ उद्घाटन

    प्रधानमन्त्री प्रचण्डद्वारा ‘अन्तर्राष्ट्रिय जलवायु संवाद’ उद्घाटन

    अनलाइन नेपाल
  • बुधबार, ९ जेष्ठ २०८१
  • 324
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ को उद्घाटन गरेका छन् ।

    आजदेखि ‘हिमाल, मानव र जलवायु परिवर्तनस् विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ सुरु भएको हो । संवादमा २५ देशका २०० बढी विशेषज्ञ सहभागी छन् ।



    नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायुले हिमालमा पारेको विषयलाई महत्त्वका साथ उठाउँदै आएको र अब नेपालले हिमालका मुद्दामा नेतृत्व लिएर यो विषयलाई अन्तर्राष्ट्रिय रूपमै संस्थागत गर्न संवाद महत्त्वपूर्ण हुने बताइएको छ ।



    विकसित देशले गरेको उच्च कार्बन उत्सर्जनको परिणामस्वरूप नेपालका हिमालमा हिमस्खलन बढेको छ । हिउँ पग्लेर बगेको पानी समुद्रमा पुग्दा त्यसको सतह बढेर बङ्गलादेश, माल्दिभ्सलगायतका टापु राष्ट्रहरूको अस्तित्व सङ्कटमा पर्दै गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार