Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

    गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

    अनलाइन नेपाल
  • बुधबार, ९ जेष्ठ २०८१
  • 465
    SHARES

    काठमाडौं । गण्डकी प्रदेशका प्रदेशप्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्धको रिटमा आजलाई पेसी तोकिएको छ । हिजो ‘हेर्दा हेर्दै’मा परेको रिटको पेसी आजलाई तोकिएको हो ।

    नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट मंगलबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ नसकिएपछि ‘हेर्दा हेर्दै’मा राखिएको हो ।



    गएको वैशाख २५ गते प्रदेशसभाका सभामुख समेतको नाम राखी बहुमत देखाएर गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका थिए ।



    त्यसविरुद्ध पाण्डेले वैशाख २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए । सबै पक्षको बहस सकेर सर्वोच्चले आजै फैसला आदेश सुनाउने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार