Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • सिरोहियालाई स्थलमार्गबाट जनकपुरधाममा ल्याइयो, राखियो धनुषा प्रहरीको हिरासतमा

    सिरोहियालाई स्थलमार्गबाट जनकपुरधाममा ल्याइयो, राखियो धनुषा प्रहरीको हिरासतमा

    अनलाइन नेपाल
  • बुधबार, ९ जेष्ठ २०८१
  • 699
    SHARES

    जनकपुरधाम । नागरिकता सम्बन्धी अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जनकपुरधाम ल्याइएको छ ।

    उनलाई स्थलमार्ग (बिपि राजमार्ग) बाट धुलिखेल, सिन्धुली हुँदै बुधबार बिहानै जनकपुरधाम ल्याइएको हो ।



    सिरोहिया बिहान ५ बजेर ५० मिनेटमा जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका हुन् ।



    सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ। मंगलबार कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालय थापाथलीबाट फक्राउ परेका सिरोहियालाई प्रहरीले सिधै धनुषा ल्याएको हो ।

    सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मं‌गलबार साँझ पक्राउ गरेको थियो ।

    उनलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको थियो। नागरिकता किर्ते प्रकरणमा सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार