Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरियो, मिडियालाई तर्साउने काम खेदजनक : सभापति देउवा

    सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरियो, मिडियालाई तर्साउने काम खेदजनक : सभापति देउवा

    अनलाइन नेपाल
  • मंगलबार, ८ जेष्ठ २०८१
  • 1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको टिप्पणी गरेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सो टिप्पणी गरेका हुन् ।

    उनले सिरोहियाको पक्राउलाई ‘सरकारको अलोकतान्त्रिक कदम’ भनेका छन् । मिडियालाई तर्साउने उद्देश्यसहितको गठबन्धन सरकारको यो निर्णय खेदजनक रहेको उनको भनाइ छ ।



    ‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम हो। मिडियालाई तर्साउने उदेश्य सहितको गठवन्धन सरकारको यो निर्णय खेदजनक छ,’ उनले उल्लेख गरेका छन् ।



    सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मं‌गलबार साँझ पक्राउ गरेको हो ।

    उनलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको थियो। नागरिकता किर्ते प्रकरणमा सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार