Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • सिरोहियालाई पक्राउ गर्नु अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास हो : गगन थापा

    सिरोहियालाई पक्राउ गर्नु अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास हो : गगन थापा

    अनलाइन नेपाल
  • मंगलबार, ८ जेष्ठ २०८१
  • 765
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न पक्राउ गरिएको टिप्पणी गरेका छन् ।

    उनले मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमाफर्त सिरोहियालाई कानून विपरितको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो वदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न गरिएको बहाना मात्र भएको टिप्पणी गरे ।



    उनले गृहमन्त्री रवि लामिछानेले आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास भएको बताए ।



    उनले लेखेका छन्, ‘प्रष्ट छु, कानूनभन्दा माथि कोही छैन र हुदैन । गल्ति गरेको छ भने जुनसुकै तहको जो सुकै होस्, जतिसुकै शक्तिशाली होस् सजायको भागिदार हुनुपर्छ ।

    म यसमा पनि प्रष्ट छु, आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानून विपरितको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो वदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न गरिएको बहाना मात्र हो । मुख्य कुरा, यो राज्य सत्ताको पहुँचको दुरुपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास हो। आफुमाथिका प्रश्न रोक्न यस्ता असफल प्रयास हिजो निरङ्कुशकालमा र सत्ता शक्तिको उन्मादमा धेरै पटक भएका हुन – हेक्का रहोस्।’

    सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मं‌गलबार साँझ पक्राउ गरेको हो ।

    उनलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको थियो। नागरिकता किर्ते प्रकरणमा सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार