Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • यस्ता छन् कैलाश सिरोहियाविरुद्ध प्रहरीका ६ प्रमाण

    यस्ता छन् कैलाश सिरोहियाविरुद्ध प्रहरीका ६ प्रमाण

    अनलाइन नेपाल
  • मंगलबार, ८ जेष्ठ २०८१
  • 3.5K
    SHARES

    काठमाडौं । कान्तिपुर दैनिकका मालिक कैलाश प्रसाद सिरोहियालाई नागरिकतासम्बन्धि कसुरमा पक्राउ गरिएको छ । उनीमाथि धनुषा प्रहरीले विगत एक महिनादेखि अनुसन्धान गरिरहेको छ ।

    अनुसन्धानको क्रममा उनले अरुकै नागरिकता नम्बर प्रयोग गरिरहेको प्रहरी दाबी छ । जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गर्दा प्रहरीले पेस गरेको ६ वटा प्रमाणलाई प्रमुख आधार बनाएको छ ।



    उनले शिवजी साहु तेलीको नामको नागरिकता प्रयोग गरिरहेको प्रहरी स्रोत बताउँछ । सिरोहियाभन्दा चार महिनाअघि तेलीले नागरिकता बनाएको जिल्ला प्रशासन कार्यालयको विवरणबाट प्रस्ट हुन्छ ।



    उनका अन्य दाजुभाईले अंगिकृत नागरिकता बनाएको तथा कैलाशले जन्मसिद्ध बनाएको देखिन्छ । त्यस्तै, जन्म मिति कीर्ते गर्नुका साथै नागरिकता लिँदा पेस गर्नुपर्ने कागजातहरूको अभिलेख फेला नपरेका आधारमा पक्राउ गरेरै अनुसन्धान गर्नुपर्ने भन्दै धनुषा प्रहरीले अदालतमा पक्राउ पूर्जीका लागि लेखेको थियो ।

    पक्राउ पूर्जी जारी भएकै दिन प्रहरीले कार्यकक्षबाटै उनलाई प्रहरीले पक्राउ गरेको हो । गृहमन्त्री रवि लामिछानेविरुद्ध समाचार लेखेको आधारमा प्रतिशोधस्वरुप पक्राउ गरिएको सिरोहियाले बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार