Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • दोहोरो राहदानी लिँदै हिँड्ने गृहमन्त्रीले सिरोहियालाई पक्रनु जायज होइन : शेखर कोइराला

    दोहोरो राहदानी लिँदै हिँड्ने गृहमन्त्रीले सिरोहियालाई पक्रनु जायज होइन : शेखर कोइराला

    अनलाइन नेपाल
  • मंगलबार, ८ जेष्ठ २०८१
  • 729
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साँध्न कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको आरोप लगाएका छन् ।

    मंगलबार सामाजिक सञ्जालमार्फत विरोध जनाउँदै नेता कोइरालाले सिरोहियाको गिरफ्तारी अस्वीकार्य भएको स्पष्ट पारेका हुन् । उनले आफू दोहोरो राहदानी लिँदै हिँड्ने र सहकारी ठगीको आरोपविरुद्ध छानबिन हुन नदिने गृहमन्त्री लामिछानेले सिरोहियालाई पक्राउ गर्नु जायज नभएको बताए ।



    ‘आफू दोहोरो पासपोर्ट लिँदै हिंड्ने र सहकारी ठगीको आरोपविरुद्ध छानबिन हुन नदिने तर ३ दशकदेखि सूचना प्रवाह र लोकतन्त्रको पहरेदार भइ उभिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन,’ उनले उल्लेख गरेका छन् ।



    यसका बीच कांग्रेस केन्द्रीय सदस्य कोइरालाले प्रहरीले सही र गलत छुट्याउनेमा विश्वस्त रहेको आशा भने व्यक्त गरेका छन् । सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मं‌गलबार साँझ पक्राउ गरेको हो ।

    उनलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको थियो। नागरिकता किर्ते प्रकरणमा सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार