Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • पूर्वगृहमन्त्री निधि भन्छन् – सिरोहियाको गिरफ्तारी प्रतिशोधको नाङ्गो कर्तुत, भर्त्सना गर्दछु

    पूर्वगृहमन्त्री निधि भन्छन् – सिरोहियाको गिरफ्तारी प्रतिशोधको नाङ्गो कर्तुत, भर्त्सना गर्दछु

    अनलाइन नेपाल
  • मंगलबार, ८ जेष्ठ २०८१
  • 1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कान्तिपुर मिडियाका अध्यक्षा कैलाश सिरोहियाको गिरफ्तारी प्रतिशोधको नाङ्गो कर्तुत भएको टिप्पणी गरेका छन् ।

    सिरोहिया पक्राउपछि मंगलबार साँझ सामाजिक सञ्जाल एक्समार्फत पूर्वगृहमन्त्रीसमेत रहेका निधिले यस्तो टिप्पणी गरेका हुन् । उनले सञ्चार क्षेत्रमा अद्वितीय योगदान पुर्याएको संस्थाका अध्यक्षलाई प्रतिशोध साँधेर पक्राउ गरिएकोप्रति आपत्ति जनाए ।



    ‘कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिर‍‍ोहियाक‍‍ो गिरफ्तारी प्रतिशोधक‍ो नाङ्गो कर्तत हो । यसको भर्त्सना गर्दछु’, उनले लेखेका छन्, ‘जनकपुरमा उनको र मेरो घर सडकक‍ो वारिपारि ह‍‍ो । उनक‍ा मातापिता र पूरै परिवारलाई म राम्ररी चिन्दछु । सञ्चार क्षेत्रमा उनक‍ो योगदान अद्वितीय छ । तत्काल उनको रिहाइको माग गर्दछु ।’



    नागरिकता प्रकरणमा प्रहरीले सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुरको मुख्यालयबाटै पक्राउ गरेको हो । नागरिकता किर्ते प्रकरणमा सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेको थियो।

    उनलाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईको टोली कान्तिपुरको हेडक्वाटर पुगेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार