Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • प्रेस र राज्यका बीच द्वन्द्व सिर्जना गर्न खोजियो : एकीकृत समाजवादी

    प्रेस र राज्यका बीच द्वन्द्व सिर्जना गर्न खोजियो : एकीकृत समाजवादी

    अनलाइन नेपाल
  • मंगलबार, ८ जेष्ठ २०८१
  • 426
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको विषयलाई निन्दनीय कार्य भनेको छ ।

    मंगलबार पार्टीका महासचिव घनश्याम भुसालले विज्ञप्ति जारी गर्दै मिडियालाई दबाबमा राख्ने प्रयास निन्दनीय भएको बताएका हुन् । मिडिया र राज्यबीच द्वन्द्व सिर्जना गर्न खोजिएको विज्ञप्तिमा उल्लेख छ ।



    भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रतिष्ठित सञ्चार गृह कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरिएको घटनाले प्रेस र राज्यका बीच द्वन्द्व सिर्जना गर्न खोजिएको देखिन्छ । मिडियालाई दबाबमा राख्ने कुनै पनि प्रयास निन्दनीय छ । यो कार्य कान्तिपुरको निडर पत्रकारिताविरुद्ध गरिएको षड्यन्त्र होइन भन्ने कुरा सरकारले तुरुन्त पुष्टि गर्नुपर्छ ।”



    सिरोहियालाई प्रहरीले मंगलबार साँझ थापाथलीस्थित कान्तिपुरको मुख्यालयबाट पक्राउ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार