Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • कान्तिपुरका कर्मचारीले गरे गृहमन्त्री रविविरुद्ध नाराबाजी

    कान्तिपुरका कर्मचारीले गरे गृहमन्त्री रविविरुद्ध नाराबाजी

    अनलाइन नेपाल
  • मंगलबार, ८ जेष्ठ २०८१
  • 621
    SHARES

    काठमाडौं । कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि कर्मचारीहरुले नाराबाजी गरेका छन् । कान्तिपुर पब्लिकेसन्सका कर्मचारीले गृहमन्त्री रवि लामिछानेविरुद्ध नाराबाजी गरेका हुन् ।

    उनलाई सीआईबीले कायालयबाटै पक्राउ गरेपछि कर्मचारीहरु आक्रोशमा आएर नाराबाजी गरेका थिए ।



    सिरोहियालाई नियन्त्रण गरी उनकै गाडीमा लगिएको छ । नागरिकता किर्ते प्रकरणमा सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेको थियो।



    उनलाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईको टोली कान्तिपुरको हेडक्वाटर पुगेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार