Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • कान्तिपुरका अध्यक्ष सिरोहिया कार्यालयबाटै पक्राउ

    कान्तिपुरका अध्यक्ष सिरोहिया कार्यालयबाटै पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ८ जेष्ठ २०८१
  • 405
    SHARES

    काठमाडौं । ​​कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईको टोलीले सिरोहियालाई कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो ।



    सिरोहियालाई नियन्त्रणमा लिन तयारी गरिरहँदा उनको पक्षमा बोल्न वरिष्ठ अधिवक्ता शम्भु थापा पुगेका छन्। वरिष्ठ अधिवक्ता थापाले सिरोहियासँगै कानून व्यवसायीलाई लैजान दबाब दिएका थिए ।



    पक्राउअघि मंगलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सिरोहियाले समाचार रोकाउनका लागि ब्ल्याकमेलिङ गर्न आफूविरूद्ध पक्राउ पुर्जी जारी गरिएको दाबी गरेका थिए ।

    उनले सहकारी ठगीसम्बन्धी समाचार रोकाउन र मूल मुद्दालाई विषयान्तर गर्न गृहमन्त्री रवि लामिछानेले आफुलाई पक्राउ गराउन लागेको आरोप लगाएका छन्।

    सहकारी ठगीका कारण पीडित बचतकर्ताहरुको बारेमा निरन्तर समाचार लेखेको प्रतिशोध लिनका लागि गृहमन्त्री रवि लामिछानेले राज्यशक्ति दुरुपयोग गरेको सिरोहियाले बताए ।

    नागरिकता किर्ते प्रकरणमा सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेको थियो। उनलाई पक्राउ गर्न एसएसपी भट्टराईको टोली कान्तिपुरको कार्यालय पुगेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार